विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा धरानमा १३० जना सहित १ हजार १ सय ३५ जनामा कोरोना सङ्क्रमण भएको छ ।
१ हजार २३६ जनाको पीसीआर परीक्षण गर्दा ७७२ र ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३६३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३१६, सुनसरीमा २५७, झापामा १४२, धनकुटामा ५, उदयपुरमा ४, सङ्खुवासभामा ३, इलाम र भोजपुरमा २-२, पाँचथर, तेह्रथुम र खोटाङमा १-१ र प्रदेश १ बाहिरका ३८ जनामा कोरोना सङ्क्रमण भएको हो ।
मोरङको विराटनगरमा २५३, बुढीगंगामा १९, सुन्दरहरैचामा ११, उर्लाबारीमा ७, रंगेलीमा ५, कटहरी र स्थानीय तह नखुलेका ३-३, केराबारी, लेटाङ, धनपालथान, बेलबारी, जहदा र ग्रामथानमा २-२, पथरीशनिश्चरे, रतुवामाई र कानेपोखरीमा १-१, सुनसरीको धरानमा १३०, इटहरीमा १००, इनरुवामा १२, दुहबीमा ६, हरिनगरमा ३, वराहक्षेत्र र बर्जूमा २-२, गढी र रामधुनीमा १-१, झापाको बिर्तामोडमा ३९, भद्रपुरमा २१, मेचीनगरमा १७, अर्जुनधारामा १४, दमकमा १२, कनकाईमा १०, शिवसताक्षीमा ८, हल्दिबारीमा ५, बाह्रदशी र कमल गाउँपालिकामा ४-४, कचनकवलमा ३, बुद्धशान्ति र स्थानीय तह नखुलेका २-२, गौरादहमा १, धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका २-२, पाख्रिबासमा १, उदयपुरको त्रियुगामा ३, चौदण्डीगढीमा १, सङ्खुवासभाको मादीमा १ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिका र स्थानीय तह नखुलेका १-१, भोजपुरको साल्पासिलिछो र रामप्रसाद राई गाउँपालिकामा १-१, पाँचथरको फिदिम, तेहृथुमको आठराई र खोटाङको हलेसीतुवाचुङमा १-१ र प्रदेश १ बाहिरका ३८ जनामा कोरोना सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ८० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । आक्रमणमुक्त हुनेमा ३६ महिला र ४४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २ पुरुष र एक महिला छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २०४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।