वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय आर्थिक विकास शाखाले सहकारी लेखा सुपरिवेक्षण समितिका पदाधिकाहरुको लागि क्षमता विकास कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा नगर भित्र सञ्चालित सहकारीका सञ्चालक समितिका लेखा संयोजक, पदाधिकारीहरूको सहभागिता रहेको थियो । तालिम मङ्गलवार र बुधवार दुईसम्म सञ्चालन भएको थियो ।

आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीका अनुसार नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अनुसार सहकारी लेखा सुपरिवेक्षण समितिका पदाधिकाहरुको लागि क्षमता विकास कार्यक्रम आयोजना गरिएको हो । सहकारीको लेखा र सहकारीलाई व्यवस्थित सँगै लेखा समितिका पदाधिकारीहरूको क्षमता विकास गर्न उक्त तालिम दिएको हो ।

यस अगाडि पनि वराहक्षेत्र नगरपालिका आर्थिक विकास शाखाले होटेल व्यवस्थापन, सहकारीका अध्यक्ष, व्यवस्थापक तथा कर्मचारीहरूलाई विभिन्न विषयमा तथा क्षमता विकास सम्बन्धी तालिमको कार्यक्रम आयोजना गर्दै आएको छ ।