धरान : धरान-१५ स्थित हिबिस्कस स्कुलका विद्यार्थीहरूले खाजा खर्चबाट बचाएको रकमले पुनर्स्थापना गृह बालबालिकालाई सहयोग गरेका छन् ।
उनीहरूले बिहीबार धरान छाता चोक पुरानो अस्पतालको पुनर्स्थापना गृहका बालबालिकालाई १० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन ।
विद्यार्थीहरूले ५० किलो चामल, १ कार्टुन पोष्टमेन तेल, दाल, चाउचाउ, साबुन लगायतका सामाग्री प्रदान गरे । स्कुलको बाल क्लबका अध्यक्ष निनाम राई सहित विद्यार्थीहरूले गृहका सञ्चालक भीम राईलाई सामाग्री हस्तान्तरण गरेका छन् ।