धरान : पब्लिक हाइस्कुल धरान-१२ ले कक्षा १२ उतिर्ण गरी उच्च शिक्षामा छात्रवृत्ति र प्रवेशका लागि स्कुलका ११ जना विद्यार्थी छनौटमा परेको जनाएको छ ।
स्कूलबाट प्लसटु गरेकी सेफाली लिम्बुले वीपी प्रतिष्ठानमा बीएससी नर्सिङ्गको पूर्ण छात्रवृत्ति पाउने सूचिमा परेकी छन् । उनको सफलताको उच्च मुल्यांक गर्दै स्कूलले सेफालीलाई शुक्रवार सम्मान गरेको छ ।
स्कुलका बायोलोजी शिक्षक किशोर चौधरीका अनुसार अनुसार साहिल शाक्यले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमबीबीएसमा पूर्ण छात्रवृत्ति, जर्मन पाख्रिनले केन्द्रिय आयुर्वेदिक क्याम्पसमा, समिक्षा नेपालीले वीपी प्रतिष्ठानको बीएससी नर्सिङ्गमा पूर्ण छात्रवृत्ति पाएकी छन्।
यसैगरी क्रियता श्रेष्ठले केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार बीटेकमा, रहरमान खतिवडाले मनमोहन इन्जिनियरिङ्ग कलेजमा र सविन श्रेष्ठ, ऋषि पहाडी, प्रमेश पोखरेल र विमला श्रेष्ठले पूर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पसमा पूर्ण छात्रवृत्तिको सूचिमा नाम निकालेका छन् ।
स्कुलका साइन्स-इलेक्ट्रिकल इन्चार्ज मोहन श्रेष्ठले सामुदायिक विद्यालयका विद्यार्थीहरूले छाबृत्तिको कोटा पाउन निकै कडा प्रतिस्पर्धा गर्नु पर्ने भएपनि स्कुलको पठन पाठनका कारण उनिहरु सफल भएको बताए ।